Section 17
अस्पतालको कोष
(१) अस्पतालको कोषमा देहायका रकमहरू रहनेछन् र अस्पतालको खर्च सो कोषबाट व्यहोरिनेछ :–
(क) नेपाल सरकारबाट अस्पतालको लागि प्राप्त रकम,
(ख) कुनै विदेशी सरकार वा अन्तरराष्ट्रिय संघ संस्थाबाट प्राप्त रकम,
(ग) अस्पतालले प्रदान गरेको सेवाबाट प्राप्त रकम,
(घ) विभिन्न व्यक्तिहरूबाट प्राप्त अनुदानको रकम,
(ङ) अन्य स्रोतबाट प्राप्त रकम ।
(२) नेपाल सरकार, विदेशी सरकार वा अन्तरराष्ट्रिय संघ संस्थाबाट जुन कार्यक्रम वा कार्यको निमित्त अस्पताललाई रकम प्राप्त गराईएको छ सो रकम सोही कार्यक्रम वा कार्यमा मात्र खर्च गर्नु पर्नेछ ।
(३) अस्पतालको कोषको संचालन तोकिएबमोजिम हुनेछ ।